होर्मुजमा ‘टोल राज’: इरानको नयाँ खेलले विश्व व्यापार हल्लिने संकेत
काठमाण्डौ । पश्चिम एशियामा चर्किँदै गएको द्वन्द्वबीच इरानले विश्व व्यापारको आधारभूत संरचना नै बदल्ने खालको रणनीति अघि सार्ने संकेत दिएको छ। मिसाइल र आक्रमणको आवाजबीच अहिले विश्वको ध्यान युद्धमै केन्द्रित भए पनि, तेहरान भित्र भने समुद्री अर्थतन्त्रलाई पुनः परिभाषित गर्ने ठूलो योजना तयार भइरहेको देखिएको छ।इजरायलले साउथ पार्स ग्यास फिल्ड नजिक इरानसँग सम्बन्धित...

