सरकारले ईभीमा गरेको ‘डबल एक्सेलरेट’: मूल्य पनि बढ्यो, पीडा पनि !
काठमाण्डौ । "बैंकले ऋण दिन मानेन, सरकारले कर बढायो... अनि म स्वरोजगार कसरी बन्ने ?"यो आवाज हो, राजधानीका एक युवाको, जो आफ्नै ईभी सर्भिस सुरु गर्ने सपना बोकेका थिए।तर सरकारको पछिल्लो कर र वित्तीय नीतिले उनका सपनाहरू कागजमै रोकिएका छन्।आज लाखौं नेपाली युवाहरू स्वरोजगार बन्न आतुर छन्। तर सरकारको नीति–निर्माण स्वयम् उनीहरूको सपना चकनाचुर पार्ने मोडमा पुगेको छ।