एक्सेल डेभलपमेन्ट बैंकद्वारा पुरानो नगद लाभांश रकम बुझिलिन आग्रह
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आव २०७४÷७५ मा वितरण गरेको नगद लाभांश बुझिलिन बाँकी भएमा बैंकको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गरी बुझिलिन आग्रह गरेको हो ।