आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । अघिल्लो दिन किर्तिमानी उचाईमा पुगेको अमेरिकी डलरको भाउले आज भने घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.६७ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको थियो।

