घलेम्दी हाईड्रोपावर २.६६ करोड घाटामा, अन्य सूचकमा पनि कमजोर
काठमाण्डौ । घलेम्दी हाईड्रोपावरको वित्तीय अवस्था झनै खस्किएको छ । चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीको अधिकांश सूचक कमजोर बनेको छ ।आम्दानी घट्दा कम्पनीको घाटा झनै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ करोड ४६ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ ।

