रोकिने अवस्थामा छैन सुनको मूल्य, आज एकैदिन रु. ७१०० को उछाल
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी गरेको छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको भाउ आजपनि ७ हजार १ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

