सुनको मूल्य रु. १४०० ले घट्यो, चाँदीको अवस्था के छ ?
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा सुनको भाउ घटेर मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० कायम भएको हो । यो भनेको अघिल्लो दिनको तुलनामा १ हजार ४०० ले मूल्य घटेको हो ।

