ग्राउण्ड जिरो रिपोर्टः लगानीकर्तामा हाइड्रो कम्पनीको चर्चा, भन्छन्, ‘ब्रोकरमा आउँदा घण्टी बजाएर आउनुपर्ने रहेछ !’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।आज हामीले न्युप्लाजा, बागबजार, घट्टेकुलो र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लागनीकर्ताको मनोबल...

