नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको ८१% रकम मुद्दती निक्षेपमा, ९१.३७% ले बढ्यो सेयर बजारमा लगानी
काठमाण्डौ । नेपालमा दुई पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म विभिन्न क्षेत्रमा साढे ३८अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल रि र हिमालयन रि इन्स्योरेन्सले गत आवमा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप, सरकारको बचतपत्र तथा ऋणपत्र, अग्राधिकार सेयर, बण्ड तथा...