आईफोन उत्पादनको हब बन्दै भारत, ६ महिनामै बन्यो २.३९ करोड युनिट
काठमाण्डौ । एप्पललाई ट्रम्पको धम्कीको बाबजुद पनि अमेरिकामा बिक्री हुने आईफोनको ७८ प्रतिशत भारतमा बनेका छन्। बजार अनुसन्धानकर्ता क्यानालिसका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म भारतमा २३.९ मिलियन (२ करोड ३९ लाख) आईफोन उत्पादन भएका छन् । जुन गत वर्षको तुलनामा ५३ प्रतिशत बढी हो।यस्तै अनुसन्धान फर्म साइबरमिडिया रिसर्चका अनुसार भारतबाट आइफोन निर्यात पनि बढेर २२.८८ मिलियन (२...