भारतको सेयर बजार क्र्यास: युद्धका कारण लगानीकर्ताबीच कोलाहल, एकदिनमै भारु १२ लाख करोड स्वाहा
नयाँदिल्ली । मध्य पूर्वमा अमेरिका-इजरायल र इरानबीचको युद्धले तेलको मूल्य आकाशिएपछि भारतीय शेयर बजारमा ठूलो धक्का लागेको छ। आज दालाल स्ट्रीटमा भारी रक्तपात भएको छ, जसमा लगानीकर्ताको करिब १२ लाख करोड रुपैयाँको सम्पत्ति साफ भएको छ।सेन्सेक्स २४९६ अंक (३.२६%) घटेर ७४,२०७ मा बन्द भएको छ। दिनभरि २७०० अंकभन्दा बढी गिरावट आएको थियो। निफ्टी पनि ७७५ अंक (३.२६%) घटेर २३,००२ मा पुगेको छ।...

