फागुन महिनाका लागि ९ वटा वाणिज्य बैंकले घटाए ब्याजदर, अधिकांशको स्थिर
काठमाण्डौ । वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रम फागुन महिनामा पनि जारी रहेको छ । फागुन महिनाका लागि सार्वजनिक भएको नयाँ ब्याजदर अनुसार बैंकहरुको औषत ब्याजदर ४.५७ प्रतिशतमा सीमित भएको छ । जुन अघिल्लो महिना ४.६८ प्रतिशत थियो ।हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने ११ वटाले स्थिर राखेका छन् ।...

