सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, सेयर संरचना र मर्जरमा जाने मुख्य एजेण्डा
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर परिमार्जन गर्ने भएकोे छ । संस्थाले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने मुख्य प्रस्ताव राखेर १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते होटल उग्रचण्डीको सभाहल, बनेपा–०७, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।

