केपी ओलीलाई बयानका लागि बोलाउने तयारी
काठमाण्डौ । भदौ २३ र २४ गतेका घटनाहरूबारे गठित जाँचबुझ आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई बयान दिन बोलाउने तयारी गरेको छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनसँग जोडिएका विषयमा ओलीलाई पत्रमार्फत बोलाउने प्रक्रिया चलिरहेको जानकारी दिएका छन्।

