कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच उद्यलमशिलता सुदृढिकरणका लागि सम्झौता
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उद्यमशिलता विकास तथा वित्तिय पहुँच विस्तारका लागि वीनरक इन्टरनेशनलसँग संझौता गरेको छ । यस सहकार्य अन्तर्गत बैंक र विनरकले संयुक्तरुपमा लक्ष्यित समुदायको उद्यमशिलता विकास, वित्तिय साक्षरता विकास, उद्यमीहरुको प्राविधिक तथा व्यवस्थापकिय क्षमता सुदृढिकरण र दिगो व्यावसायिक योजना निर्माणमा क्षमता विकास गर्ने छन् ।

