सिक्लेस हाईड्रोको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने
काठमाण्डौ । सिक्लेस हाईड्रो लिमिटेडले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही मंसिर १८ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

