अघिल्लो आवमा घाटामा रहेको मकर जितुमाया सुरीद्वारा ४.९४ करोड नाफा आर्जन
काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३३ लाख ४ हजार रुपैयाँ घाटामा थियो । कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.७३ प्रतिशतले बढी हो ।