मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान, ५०० बढी विद्यालयमा सहयोग
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’ अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ ।बैंकले एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई झोला सहयोग गरेको हो । कार्यक्रमका झोला ग्रहण गर्दा बालबालिकाका अनुहारमा खुशिसँगै ‘अब म पनि सक्छु’ भन्ने विश्वासको झल्को देखिएको थियो ।

