‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, ग्रीन विक मनाइँदै
काठमाण्डौ । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि २१ गतेसम्म ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषय केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् ।