नबिल बैंकद्वारा नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला : गरिबी निवारण र सशक्तीकरणमा जोड
काठमाण्डौ । नबिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) को नयाँ समूहका लागि आवेदन खुला गरेको छ। यो कार्यक्रम सामाजिक उद्यमशीलता प्रवर्द्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन गरिएको हो।