नवील बैंकको पहिलो त्रैमासिक नतिजा स्थिर, नाफा घटे पनि गुणस्तरमा सुधार
काठमाण्डौ । नवील बैंक लिमिटेडको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा नाफा घटेको छ। असोज मसान्तसम्म बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ अर्ब ५ करोड रुपैयाँभन्दा १४.५७ प्रतिशत कम हो।

