लाभांश पारितको प्रस्तावसहित नबिल बैंकले डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय
काठमाण्डौ । नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ४१ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा पुस २८ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा गत आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने...

