जेनजी आन्दोलनमा तारो बनाइएको एनसेलको उद्घोष-'हामी फेरि उठ्नेछौं, तपाईहरुसँगै'
काठमाण्डौ । देशकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ग्राहक र देशबासीको नाममा एक सन्देश जारी गर्दै आफूहरु फेरि उठ्ने घोषणा गरेको छ ।जेनजी आन्दोलनका क्रममा गत हप्ता एनसेलको कर्पोरेट कार्यालय रहेको लैनचौरस्थित भवनमा समेत तोडफोड र आगजनी भएको थियो । सो घटनापछि निकै ठूलो क्षति व्यहोरेको एनसेलले तमाम अप्ठ्याराका बीच पनि पुनः उठ्ने घोषणा गरेको हो ।