पर्यटकको मोबाइल कनेक्टिभिटी सहज बनाउन एनसेल र नाटोबीच सहकार्य
काठमाण्डौ। नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकलाई सहज र भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउन एनसेल र नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो)बीच रणनीतिक सहकार्य भएको छ।यससम्बन्धी समझदारीपत्रमा बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्त र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

