एनसेलको २५० वटा नयाँ टावर विस्तारका साथै २,२०० साइटको क्षमता अभिवृद्धि, फोरजी नेटवर्कमा भयो थप सुधार
काठमाण्डौ । एनसेलले गतवर्ष २०२५ मा देशभर २५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । साथै २,२०० वटा टावरहरुमा क्षमता अभिवृद्धि गरको छ, जसका कारण ग्राहकहरूले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । विश्वसनिय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनहरुसँग सधैं सम्पर्कमा रहन लागि अत्यावश्यक बन्दै गएको...

