माइकल फोले एनसेलका नयाँ सीईओ नियुक्त, कार्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने
काठमाण्डौ । एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। उनको कार्यकाल आगामी कार्तिक १५, २०८२ बाट लागू हुनेछ।साथै, हाल कार्यवाहक सीईओका रूपमा काम गरिरहेका सैयद इनामुल कबीरले आफ्नो पुरानो जिम्मेवारी(प्रमुख वित्तीय अधिकृत-सीएफओ)लाई निरन्तरता दिनेछन्।