‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा, १०० विद्यार्थीले निःशुल्क अध्ययन अवसर पाउने
काठमाण्डौ । एनसेल फाउन्डेसनले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीहरूका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ ।युवा सशक्तीकरण र शिक्षाप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा देशभरका १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जनाएको हो ।

