नेपाल बैंकले पुस ३० गते साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६६ औं वार्षिक साधारण सभा डाकेको छ । बैठकले आगामी पुस ३० गते काठमाण्डौको भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिेवेदनमाथि छलफल गरी पारित गर्ने,आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन...

