काठमाण्डौमा आंशिक रुपमा खुले बैंक, १० देखि २ बजेसम्म मात्र फिजिकल सेवा
काठमाण्डौ । बैंकहरुले आज(बिहीबार)देखि काठमाण्डौ उपत्यकामा आफ्नो आंशिक सेवा सुचारु गरेका छन् । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को बिहीबार बिहान बसेको बैठकले नेपाली सेनासँगको समन्वयमा सुरक्षित ढंगले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्ने निर्णयअनुसार बैंकहरु खुल्न थालेका हुन् ।