पूँजी बजारलाई उत्पादन, रोजगारी र आर्थिक वृद्धिको आधार बनाउनुपर्छ, वैधानिक लगानीलाई शंकाको दृष्टिले हेर्नुहुँदैन: अध्यक्ष अग्रवाल
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको पूँजी बजारलाई केवल सेयर किनबेच र धितोपत्र कारोबारको माध्यममा सीमित नराखी उत्पादन, रोजगारी विस्तार र दीर्घकालीन आर्थिक वृद्धिका लागि पुँजी परिचालन गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल पूँजी बजार संवाद–२०२६ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रलाई...

