नेपाल–श्रीलंका बीच क्रस-बोर्डर डिजिटल भुक्तानी सुरु, अब connectIPS बाटै श्रीलंकामा QR स्क्यान गरी भुक्तानी गर्न सकिने
काठमाण्डौ ।नेपाल र श्रीलंकाबीच डिजिटल भुक्तानी प्रणालीमा नयाँ अध्याय सुरु भएको छ। श्रीलंकाको LankaPay र नेपालको Nepal Clearing House Limited (एनसीएचएल) ले संयुक्त रूपमा क्रस–बोर्डर QR भुक्तानी सेवा सुरु गरेका हुन्।नयाँ व्यवस्थासँगै अब श्रीलंका भ्रमणमा जाने नेपालीहरूले connectIPS तथा अन्य मोबाइल बैंकिङ एपमार्फत LankaQR स्क्यान गरेर सहज रूपमा डिजिटल भुक्तानी गर्न सक्नेछन्। श्रीलंकाभर रहेका ४ लाखभन्दा बढी...

