निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने प्राधिकरणको निर्णय
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले निषेधाज्ञा अवधिको विद्युत महशुलमा छुट तथा थप दस्तुर समायोजन गर्ने निर्णय गरेको छ । यस्तो निर्णय भदौ २९ गतेको कार्यकारी निर्देशकस्तरीय निर्णयबमोजिभ भएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण प्राय सबै जिल्लामा निषेधाज्ञा तथा कर्फ्यू जारी गरिएको थियो । जसका कारण निर्वाध रूपमा प्राधिकरणको महशुल काउन्टरहरू खोल्न सक्ने...