धितोपत्र बजार पूँजीकरण रु.४४.८४ खर्ब पुग्यो, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा धेरै
काठमाण्डौ । एक वर्षमा सेयरबजार ०.५५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा नेप्से परिसूचक २६७१.०७ विन्दुमा कायम भएको छ । गत वर्षको सोही अवधिसम्म भने नेप्से परिसूचक २६८५.७३ विन्दुमा रहेको थियो । सो अवधिसम्म धितोपत्र बजार पँुजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

