वित्तीय प्रणालीमै जोखिम बढ्ने चेतावनी, बैंक तथा कर्मचारीमाथि आक्रमण नगर्न राष्ट्र बैंकको आग्रह
काठमाण्डौ । घटना भएको एक सातापछि ज्योति विकास बैंकका कर्मचारीमाथि कर्जा उठाउन जाँदा भएको दुव्र्यवहार र आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले मुख खोलेको छ । केन्द्रीय बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै ज्योति विकास बैंकको नाम नलिई सप्तरी घटना र सोही प्रकृतिका अन्य घटनाहरुलाई समेत एकसाथ सम्बोधन गरेको हो ।

