एनआरएनलाई दोश्रो बजारमा भित्र्याउन लाभकर २५% बाट घटाएर ७.५% मा सीमित गर्नुपर्ने बैंकिङ क्षेत्र सुधार कार्यदलको सुझाव
काठमाण्डौ । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले पूँजीबजारको विकासका लागि राष्ट्रबैंकको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै विभिन्न सुझावसहितको प्रतिवेदन तयार गरेको छ । केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा पूँजीबजारको विकासका लागि केन्द्रीय बैंकले समन्वयात्मक भूमिका खेल्नुपर्ने विषय सुझाइएको हो । कार्यदलले केन्द्रीय बैंकबाट नेप्सेमा सञ्चालक...

