आज राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ नामक ऋणपत्र (१ वर्षे) बिक्री गर्न लागेको हो ।यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस १६ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।

