नेपाल क्लियरिङ हाउसले १५ प्रतिशत बोनस सेयर दिने, सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक कम्पनी ल्याइने
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस सेयरबापत २१ लाख ८७ हजार ७६७ कित्ता जारी गर्ने प्रस्ताव आगामी पन्ध्रौँ वार्षिक साधारणसभामा लैजाने भएको हो।बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.७८९४७४ प्रतिशत नगद लाभांश, अर्थात् १ करोड १५ लाख १४ हजार ५६९ रुपैयाँ, प्रस्ताव गरेको छ। यसरी...

