सर्वसाधारणलाई नेपाल रि इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्योरेन्सको स्वामित्वमा रहेको सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्न शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कम्पनीले कुल २१ लाख ७१ हजार ९३५ कित्ता सेयर लिलामीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ ।

