नेपाल रि इन्स्योरेन्सले बीमकहरुलाई दियो पौने दुई अर्ब रुपैयाँ, तिहारअघिसम्म रु.३ अर्ब भुक्तानी
काठमाण्डौ । नेपाल रि इन्स्योरेन्सले बीमा कम्पनीहरुलाई पौने २ अर्ब रुपैयाँ अग्रिम भुक्तानी गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पुगेको क्षतिको बीमा वापतको भुक्तानी नेपाल रि ले बीमकहरुलाई दिएको हो । बीमा कम्पनीहरुले अग्रिम भुक्तानीको माग गरेबमोजिम नेपाल रि इन्स्योरेन्सले सोही बमोजिम नै सबै बीमकहरुलाई अग्रिम भुक्तानी दिएको कम्पनीका सीइओ सुरेन्द्र थापाले बताए ।...