नेपाल एसबिआई बैंकद्वारा ग्राहकलाई प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह
काठमाण्डौ। नेपाल एसबिआई बैंकले आफ्ना ग्राहकहरुलाई प्यान नम्बर तथा ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रचलित कानूनअनुसार ग्राहक विवरण अद्यावधिक गर्नुपर्ने जनाएको हो।

