कोरिया-नेपाल संयुक्त अनुसन्धान प्रतिवेदन: सेयर बजारमा विदेशी लगानीको ढोका खोल्न सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी)सँग सम्बन्धित नयाँ प्रतिवेदनले विदेशी लगानीकर्तालाई नेपाली सेयर बजारमा प्रवेश दिने नीतिगत ढोका खोल्नुपर्ने स्पष्ट सुझाव दिएको छ। पूँजी खाता उदारीकरणको दोस्रो चरणमै विदेशी लगानीकर्तालाई सूचीकृत कम्पनीमा लगानी गर्न दिने प्रस्ताव गरिएको छ, जसले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय लगानीसँग जोड्ने आधार तयार पार्ने देखिएको छ।

