नेप्सेमा गिरावट थामिने संकेत: डोजीले जगायो आशा, २७४० विन्दूसम्म पुग्नसक्छ !
-सुदर्शन शर्मा काठमाण्डौ । लगातारको बिक्री दबाबपछि नेप्सेमा गिरावट थामिने प्रारम्भिक संकेत देखिएको छ। सूचकले २० दिने औसत आसपास आधार बनाउन खोजेको छ भने पछिल्लो कारोबारमा बनेको डोजी प्रकृतिको क्यान्डलले खरिदकर्ता र बिक्रीकर्ताबीचको अनिर्णय देखाउँछ। तर बजारले नयाँ उचाइ बनाउने क्रम सुरु नगरेकाले यसलाई उकालो यात्राको पुष्टि मान्न मिल्दैन।बुधबार नेप्से ४.८२ अंक घटेर...

