७२ ब्रोकरको टीएमएसमा आक्रमणपछि फिरौती तिरिएको दाबी, ब्याकअपबाट चलेको प्रणालीमा फेरि समस्या
काठमाडौं । र्यान्समवेयर आक्रमणका कारण एक दिन सेयर कारोबार नै बन्द गर्नुपरेको घटनापछि ७२ ब्रोकरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालन गर्ने पूर्वाधारको सुरक्षामाथि नयाँ प्रश्न उठेको छ। डेटा हबसँग सम्बन्धित एक स्रोतले आक्रमणपछि ह्याकरलाई केही करोड रुपैयाँ फिरौती तिरिएको दाबी बिजशालासँग गरेका छन्।नेप्सेका एक कर्मचारीले पनि फिरौती तिरेपछि प्रभावित प्रणालीको...

