नेप्सेमा रचियो नयाँ इतिहास, १ घण्टामा ११ अर्बको कारोबार !
काठमाण्डौ । नेपालको सेयर बजारले आज नयाँ इतिहास रचेको छ । नेप्सेको इतिहासमा पहिलोपटक कारोबार खुलेको एकघण्टा ११ अर्ब हाराहारीको सेयर किनबेचको नयाँ इतिहास बनेको हो । आज बजार खुलेदेखि नै ठूलो भोल्युमको कारोबार देखिएको थियो । यो क्रमले अहिलेसम्म निरन्तरता पाउँदा १ घण्टामै ११ अर्बको कारोबार रोचक इतिहास बनेको हो ।

