नेष्डो समृद्ध लघुवित्त १४.२२ करोड नाफामा, लाभांश क्षमता ७०.५५% पुग्यो
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ११ करोड ६० लाख घाटामा थियो ।आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै संस्था नाफा आर्जन गर्न सफल भएको हो ।

