कात्तिक महिनाका लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर
काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।