निफ्राको नाफामा करिब २०% को गिरावट, निष्कृय कर्जा शून्य प्रतिशत
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँको तुलनामा १९.९८ प्रतिशतले कम हो।खुद नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। गत...

