एनभिडियाले आर्जन गर्यो हालसम्मकै उच्च त्रैमासिक आम्दानी
काठमाण्डौ । विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाले चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा ७३ प्रतिशतले राजस्व वृद्धि गर्दै ६८.१ अर्ब अमेरिकी डलर आम्दानी गरेको जनाएको छ। यो कम्पनीको इतिहासकै उच्चतम त्रैमासिक आम्दानी हो।कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यो नतिजा बजार विश्लेषकहरूको अनुमानभन्दा माथि हो। एआई प्रविधिमा भइरहेका विशाल लगानीप्रति केही लगानीकर्ताहरूले...

