ड्रोन आक्रमणको जवाफ भन्दै अफगानिस्तानका १० स्थानमा पाकिस्तानको हवाई हमला
काठमाण्डौ । पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ। इस्लामाबादले अफगान भूभागबाट पाकिस्तानतर्फ ड्रोन आक्रमणको प्रयास भएको भन्दै त्यसको जवाफमा कारबाही गरिएको दाबी गरेको हो।पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारारका अनुसार अफगानिस्तानमा ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग भइरहेको भनिएका १० स्थानलाई निशाना बनाइएको हो।...

