पाकिस्तानमा टमाटरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ पुग्यो, अफगानिस्तानबाट आपूर्ति ठप्प
काठमाण्डौ । पाकिस्तानमा टमाटरको मूल्य प्रतिकिलो ६ सय रुपैयाँ(पाकिस्तानी) पुगेको छ । यो सामान्य मूल्य भन्दा ४०० प्रतिशत बढी हो। यसको मतलब प्रतिकिलो ५०–१०० रुपैयाँमा पाइने टमाटर अहिले ५५०–६०० रुपैयाँमा पुगेको छ ।अक्टोबर ११ देखि पाकिस्तान–अफगानिस्तान सीमामा जारी तनावका कारण तोर्खाम र चमन जस्ता प्रमुख नाका बन्द छन्। इस्लामाबादले काबुलमाथि आतंकवादी हमलाको आरोप लगाएको थियो।...

