भारुमा आएको तीव्र गिरावटका बीच भारतीय केन्द्रीय बैंकले घटायो ब्याजदर, ऋण सस्तो हुने अपेक्षा
काठमाण्डौ । भारतीय रूपैयाँ(भारु)मा आएको तीव्र गिरावटको बीच भारतीय रिज़र्भ बैंक (आरबीआई) ले मौद्रिक नीतिमा परिवर्तन गर्दै रेपो दर २५ बेसिस प्वइन्ट (०.२५ प्रतिशत) ले घटाएर ५.२५ प्रतिशतमा झारेको छ।यस कदमसँगै घर–जग्गा, सवारीसाधन तथा व्यापारिक ऋणसहितका कर्जाहरू सस्तो हुने अपेक्षा गरिएको छ। आरबीआईका गभर्नरका अनुसार खुद्रा मुद्रास्फीति घटेकाले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन यस...

