बाढी तथा पहिरोका कारण इवा खोला जलविद्युत आयोजना बन्द, मर्मत कार्य जारी
काठमाण्डौ । पाँचथर जिल्लामा सञ्चालित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत आयोजना बाढी तथा पहिरोका कारण प्रभावित भई उत्पादन बन्द भएको छ।रिडी पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित उक्त आयोजनाको हेडरेस पाइपलाइन क्षेत्रमा गत जेठदेखि परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले नदी कटान हुँदा पाइपलाइनका आधार संरचना (एंकर ब्लक तथा पाइप सपोर्ट) लगायत अन्य सिभिल संरचनामा...

