गार्डियन माइक्रो लाइफद्वारा साधारण सभा आह्वान, हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव
काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गते विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, सो सम्बन्धमा आवश्यक कार्य गर्नका लागि...

